आइपिएलअन्तर्गत बुधबारका लागि तय भएको चेन्नई सुपरकिंग्स र राजस्थान रोयल्सबीचको खेल स्थगित भएको छ।
चेन्नईले आफ्नो टिम सोमबारदेखि एक साता क्वारेन्टिनमा बस्ने आयोजकलाई जानकारी गराएपछि खेल स्थगित गरिएको हो।
चेन्नईका सिइओ के विश्वनाथनले आइपिएललाई एक साताको क्वारेन्टिन बस्न चाहेको भन्दै पत्रचार गरेका थिए।
यसअघि सोमबार चेन्नईका विश्वनाथनसहित बलिङ प्रशिक्षक एल बालाजी र एक ड्राइभरलाई कोरोना भाइरसको संक्रमण भएको थियो।
यसअघि सोमबारका लागि तय भएको कोलकता नाइटराइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको खेल पनि स्थगित भएको थियो।
कोलकताका दुई जना खेलाडीलाई कोरोना लागेपछि खेल स्थगित भएको थियो। कोलकताका बलरद्वय बरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना लागेको थियो।