कोरोना भाइरसका कारण बिसिसिआईले आइपिएल २०२१ का खेल बीचैमा स्थगित गर्ने निर्णय गर्यो। चार टिममा कोरोना भाइरसको संक्रमण छिरेपछि आइपिएल अनिश्चितकालका लागि स्थगित गरियो।
अब आइपिएल कहिले सुचारू होला? आगामी अक्टोबरमा भारतमा तय टी-२० विश्वकप तोकिएको समयमै होला?
अहिले यी दुई प्रश्न क्रिकेटप्रेमीको माझमा छ।
आइपिएल तत्काल हुने सम्भावना छैन। भारतमा कोरोना भाइरसको संक्रमण दर बढिरहेको अवस्थामा तत्काल आइपिएल सुचारू हुने अवस्था नभएको हो।
जुनमा भारतीय टिमले इंग्ल्यान्ड भ्रमण गर्दैछ। इंग्ल्यान्डविरुद्ध विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल्न भारतीय इंग्ल्यान्ड जाँदैछ।
इंग्लिस टिम सेप्टेम्बरअघि भारत फर्कनेछ।
त्यसपछि भारत र न्युजिल्यान्डबीच सिरिज हुनेछ। त्यसपछि केही समय रहने भएकाले सेप्टेम्बरमा भारतलाई आइपिएल सुचारू गर्न उचित समय हुनेछ।
त्यसपछि टी-२० विश्वकप हुने तय छ।
भारतमा यस्तै अवस्था रहे विश्वकप भारतबाट सार्दै युएईमा आयोजना गरिनेछ। यस विषयमा भारत पनि सकारात्मक रहेको छ। स्थिति सहज भएमा भने भारतमै विश्वकप गर्ने बिसिसिआईको भनाइ छ।