घरेलु टिम बंगलादेशविरुद्धको तेस्रो एकदिवसीय खेलमा श्रीलंकाले ९७ रनको जित निकालेको छ।
तीन खेलको सिरिजमा सुरुवाती दुई खेलमा गुमाएको श्रीलंकाले शुक्रबार भएको तेस्रो खेलमा पहिले ब्याटिङ गर्दै ५० ओभरमा ६ विकेटको क्षतिमा २८६ रन जोड्यो।
श्रीलंकाका लागि कप्तान कुशल परेराले १३० रनको योगदान गरे। उनले १२२ बलमा ११ चौका र १ छक्का हर्काए। उनका ओपनिङ पार्टनर दनुश्का गुणतिलकाले ३९ रन जोड्दा धनन्जय डि सिल्भाले नटआउट ५५ रनको योगदान दिए।
बलिङमा बंगलादेशका टक्सिन अहमेदले ४ विकेट लिए।
२८७ रनको लक्ष्य पछ्याएको बंगलादेश ४२.३ ओभरमा १८९ रनमै अलआउट भयो।
बंगलादेशका लागि मोसाडेक हुसेनले ५१ रन र मोहमुदुल्लाहले ५३ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
बलिङमा श्रीलंकाका तीव्र गतिका बलर दुश्मन्था चामीराले उत्कृष्ट बलिङ गरे। उनले ९ ओभरमा १ मेडन राख्दा ५ विकेट लिए। १६ रन खर्चिएका उनले कुनै चौका र छक्का दिएनन्।
वानिन्दु हसरंगा र रमेश मेन्डिसले २-२ विकेट हात पारे।
ढाकामा भएको सिरिज बंगलादेशले २-१ ले जित्दा बंगलादेशका मुस्फिकर रहिम प्लेयर अफ दि सिरिज र श्रीलंकाका दुश्मन्था प्लेयर अफ दि म्याच भए।
रहिमले पहिलो खेलमा ८४ रन, दोस्रो खेलमा १२५ रन र तेस्रो खेलमा २८ रन जोडे।