नेपाल क्रिकेट संघ (क्यान) को अहिले बोर्ड बैठक बसिरहेको छ।
भर्चुअल माध्यमबाट बसिरहेको बैठकमा आर्थिक नियमावली बनाएर लागू गर्ने विषयमा छलफल भइरहेको छ।
क्यानको निर्वाचनमार्फत नयाँ नेतृत्व आएको झण्डै दुई वर्ष बितिसक्दा पनि नियमावली बन्न सकेको छैन।
जसका कारण क्यानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट पाउने सबै अनुदान पाउन सकेको छैन।
यस्तै क्यानले खर्च गर्ने रकमको विषयमा पनि नियमावली नहुँदा राम्रो प्रणाली बस्न सकेको छैन।