इंग्ल्यान्डका तीव्र गतिका बलर ओली रोबिन्सन अन्तर्राष्ट्रिय क्रिकेटमा निलम्बनमा परेका छन्।
सन् २०१२ र २०१३ मा गरेको ट्विटका कारण उनी निलम्बनमा परेका हुन्।
आइतबार सकिएको न्युजिल्यान्डविरुद्धको टेस्टका दौरान उनले गरेका पुराना ट्विट भाइरल भएको थियो।
त्यतिबेला उनले अश्लिल र जातीवादी ट्विट गरेका थिए।
निलम्बनमा परेसँगै २७ वर्षीय रोबिन्सन इंग्लिस टिमबाट हटाइएका छन्।
उनले १८ र १९ वर्षको उमेरमा गरेको ट्विट गत बुधबार भाइरल भएका थिए। जतिबेला उनी न्युजिल्यान्डविरुद्ध खेलिरहेका थिए।
खेलपछि उनले आफ्नो ट्विटका कारण आफू लज्जित भएको बताउँदै माफी समेत मागेका थिए।
उनले खेलमा दुवै इनिङ्ग्समा गरी ७ विकेट लिएका थिए भने ४२ रन जोडेका थिए।