इंग्ल्याण्डले भारतसँगको एकदिवसीय महिला सिरिज एक खेल अगावै जितेको छ । गएराति भएको दोस्रो खेलमा भारतलाई ५ विकेटले हराउँदै इंग्ल्याण्डले तीन खेलको सिरिज २-० ले जितेको हो ।
दोस्रो खेलमा भारतले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ४७.३ ओभरमा मात्र ५ विकेट गुमाएर भेट्टायो ।
उसका लागि सोफिया डन्क्लेले अविजित ७३, लरेन विनफील्ड-हिलले ४२, क्याथरिन ब्रन्टले अविजित ३३, एमी जोन्सले १९, टमी बीउमन्ट र कप्तान हीदर नाइटले १०-१० रन बनाइन् ।
बलिङमा भारतका लागिस पूनम यादवले दुई, स्नेह राणा, झुलन गोस्वामी र शिखा पाण्डले एक/एक विकेट लिएका थिए।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय २१ रन बनायो ।
उसका लागि कप्तान मिताली राजले ५९, सफली वर्माले ४४, स्मृति बन्धानाले १२, हरमीनप्रीत कौर, झुलन गोस्वामीले १९-१९ र पूनम यादवले १० रन बनाइन्।
इङ्ल्याण्डको बलिङमा केट क्रसले ५, सोफी एक्लेस्टोनले तीन र नेट साइवरले एक विकेट लिए।
यसअघि पहिलो खेलमा घरेलु टोलीले भारतलाई ८ विकेटले हराएको थियो।
पहिलो खेलमा भारतले दिएको २०२ रनको लक्ष्य इङ्ल्याण्डले २४.५ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गरेको थियो।
अब भारत-इंग्ल्याण्डबीचको अन्तिम तथा तेस्रो वानडे शनिबार हुनेछ ।