गत वैशाखमा नेपाल, नेदरल्याण्डस् र मलेसियाबीच सम्पन्न भएको त्रिदेशीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै उपाधि जितेको नेपाली क्रिकेट टोलीलाई मुख्य प्रायोजक माइ सेकेण्ड टिचरले प्रोत्साहन र सम्मानस्वरुप नेपाली क्रिकेट टिमलाई पाँच लाख र प्रतियोगितामा डेब्यु गरेका ४ खेलाडीलाई जनही एक लाख रुपैयाँ प्रदान गरेको छ।
प्रतियोगिताको फाइनलमा घोषणा गरिएको सो पुरस्कार निषेधाज्ञाका कारण बुधबार मात्र हस्तान्तरण गरिएको हो ।
प्रतियोगितामा नेपालले उपाधि जितेको थियो भने कुशल मल्ल, आसिफ शेख, कमलसिंह ऐरी र सहाब अलामले टी-२० मा डेब्यू गरेका थिए।
नेपालका कप्तान ज्ञानेन्द्र मल्लले नेपालको उत्कृष्ट प्रदर्शनमा खुसी व्यक्त गर्दै आउँदो दिनहरुमा पनि नेपालको प्रर्दशन विशिष्ट र सन्तोषजनक रहने बताए।
समारोहका बीच इन्नोभेट टेकका संस्थापक अध्यक्ष श्री सुलभ बुढाथोकीले भन्नुभयो , “ट्राई नेशन सिरिजमा नेपालको उत्कृष्ट प्रर्दशन देख्दा निकै नै गर्वशाली महसुस भएको छ । नेपाली क्रिकेट टोलीको खेलको स्तरोन्नति र खेलाडीहरुको आत्मविश्वास देख्दा अन्र्तराष्टिय खेलकुद जगत्मा नेपाल चाडैँ नै फस्टाउने कुरामा निकै आशावादी रहेको छु। साथै , माई सेकेण्ड टिचरले नेपाली शैक्षिक क्षेत्रको मात्रै नभई नेपाली खेल जगत्को स्तरोन्नति तथा नेपाली खेलाडीको मनोबल उच्च गराउन आगामी दिनहरुमा पनि विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गरी खेलकुद क्षेत्रमा आमुल परिवर्तन ल्याउने कुरामा प्रतिबद्ध रहेको छ । पुरस्कृत खेलाडीहरुलाई हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्दछु।”