इंग्ल्यान्ड र पाकिस्तानबीचको तीन खेलको टी-२० सिरिजको दोस्रो खेलमा घरेलु टिम इंग्ल्यान्ड विजयी भएको छ। जससँगै तीन खेलको सिरिज १-१ को बराबरीको अवस्थामा आएको छ।
आइतबार लिड्समा भएको खेलमा इंग्ल्यान्डले ४५ रनको जित हात पारेको हो।
पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड एक बल बाँकी छदा २०० रनमा अलआउट भयो।
उसका लागि जोस बटलरले ५९ रन जोडे भने मोइन अलीले ३६ रन बटुले। लियाम लिभिङ्स्टोनले ३८ रन र क्रिस जोर्डनले ८ बलमा १४ रन जोडे।
बलिङमा पाकिस्तानले मोहमद हुसेनले ३ विकेट लिए। इमाद वासिम र हरिस रउफले २-२ विकेट लिए।
२०१ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ९ विकेटको क्षतिमा १५५ रन मात्र जोड्न सक्यो।
उसका लागि ओपनर मोहमद रिजवानले ३७ रन र शादब खानले नटआउट ३६ रन जोडे।
बलिङमा इंग्ल्यान्डका शकिब मोहमुदले ३ विकेट लिए भने अदिल रसिद र मोइन अलीले २-२ विकेट हात पारे।
निर्णायक तथा तेस्रो खेल आगामी मंगलबार हुनेछ।