घरेलु टिम श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय खेलमा भारत विजयी भएको छ।
मंगलबार राति कोलम्बोमा सकिएको खेलमा भारतले ३ विकेटको जित हात पारेको हो।
जितसँगै तीन खेलको सिरिजमा भारतले २-० को अग्रता लिएको छ भने सिरिज अन्तिम खेलअघि नै आफ्नो पक्षमा पारेको छ।
पहिले ब्याटिङ गरेको श्रीलंकाले ९ विकेटको क्षतिमा २७५ रन जोड्यो।
श्रीलंकाका लागि अभिस्का फर्नान्डोले ५० रन जोडे भने चरिथ असलंकाले ६५ रनको योगदान दिए। चामिका करूणारत्नले नटआउट ४४ रन बटुले।
बलिङमा भारतका भुवनेश्वर कुमार र युजभेन्द्र चाहलले ३-३ विकेट लिए।
२७६ रनको लक्ष्य भारतले ५ बल खेल्न बाँकी छदा ७ विकेटको क्षतिमा पूरा गर्यो।
भारतका लागि सूर्यकुमार यादवले ५३ रन जोडे।
क्रुनाल पाण्ड्याले ३५ रन जोड्दा दीपक चाहरले नटआउट ६९ रन जोडे। ८२ बलमा ७ चौका र १ छक्का हानेका उनी प्लेयर अफ दि म्याच भए।
बलिङमा श्रीलंकाका विनिन्दु हर्षरंगाले ३ विकेट लिए।