पाकिस्तानविरुद्धको तीन खेलको टी-२० सिरिज घरेलु टिम इंग्ल्यान्डले २-१ ले आफ्नो पक्षमा पारेको छ।
मंगलबार राति भएको तेस्रो तथा निर्णायक खेलमा इंग्ल्यान्डले ३ विकेटको जित निकाल्दै सिरिज जितेको हो।
पहिले ब्याटिङ गरेको पाकिस्तानले ६ विकेटको क्षतिमा १५४ रन जोड्यो।
पाकिस्तानका लागि मोहमद रिजवानले नटआउट ७६ रन जोडे। उनले ५७ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।
यस्तै फखर जमानले २४ रन र हसन अलीले नटआउट १५ रन जोडे।
बलिङमा इंग्ल्यान्डका अदिल रसिदले ४ विकेट लिए।
१५५ रनको लक्ष्य इंग्ल्यान्डले २ बल खेल्न बाँकी छदा ७ विकेटको क्षतिमा पूरा गर्यो।
उसका लागि ओपनर जासन रोएले ६४ रन जोडे। जोस बटलरको २१ रन र डभिड मालनको ३१ रन पनि महत्वपूर्ण सावित भयो।
बलिङमा पाकिस्तानका मोहमद हफिजले ३ विकेट लिए।
जासन रोए प्लेयर अफ दि म्याच हुँदा लियाम लिभिग्सस्टोन प्लेयर अफ दि सिरिज भए।