घरेलु टिम वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ।
बुधबार विहान सकिएको खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई डिएल मेथडमा १३३ रनले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ९ विकेटको क्षतिमा २५२ रन जोड्यो। उसका लागि एलेक्स क्यारीले ६७ रन र अस्टन टर्नरले ४९ रनको योगदान दिए।
बलिङमा वेस्ट इन्डिजका हेडेन वाल्सले ५ विकेट लिएका थिए।
वर्षाले खेल प्रभावति बनेपछि एक ओभर घटाइएको खेलमा वेस्ट इन्डिजलाई २५७ रनको लक्ष्य दिइएको थियो।
तर वेस्ट इन्डिज २६.२ ओभरमै १२३ रनमा अलआउट भयो।
वेस्ट इन्डिजका लगि केइरन पोलार्डले सबैभन्दा बढी ५६ रन जोडे। ६ ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
बलिङमा अस्ट्रेलियाका मिचेल स्टार्कले ५ विकेट लए। प्लेयर अफ दि म्याच स्टार्कले ८ ओभरमा १ मेडन राख्दा ४८ रन खर्चिए।
जोस हजलउडले ३ विकेट लिए। उनले ६ ओभरमा १ मेडन राख्दा केवल ११ रन खर्चिए।