इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ का बाँकी खेलको नयाँ खेल तालिका सार्वजनिक भएको छ। बीसीसीआईले आइतबार एक विज्ञप्ति जारी गर्दै युएईका विभिन्न तीन सहरमा हुने नयाँ तालिका सार्वजनिक गरेको हो।
बाँकी खेलहरू १९ सेप्टेम्बरबाट सुरु हुँदैछ। सार्वजनिक तालिकाअनुसार १९ तारिखमा पहिलो म्याच चेन्नई र मुम्बईबीच हुनेछ। फाइनल खेल अक्टोबर १५ मा हुने बीसीसीआईले जनाएको छ।
बीसीसीआईले २७ दिनमा बाँकी ३१ खेलहरु सकिने जनाएको छ। खेलहरु दुबई, आबुधाबी र सारजाहमा हुनेछ।
कुल ३१ खेलमध्ये १३ म्याच दुबई, १० शारजाह र ८ अबुधाबीमा हुनेछन्।
कोरोना भाइरसको दोस्रो लहरको संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको थियो।
प्रतियोगितामा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ। दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ। यस्तै, चेन्नई दोस्रो र बैंग्लोर तेस्रो स्थानमा रहेको छ।
यस्तो छ नयाँ खेल तालिका :