संयुक्त अरब इमिरेट्सको यूएई क्रिकेट बोर्डले आईपीएल शैलीकै टी-२० क्रिकेट लिगको आयोजना गर्ने भएको छ।
युएई क्रिकेट बोर्डले सोमबार टी-२० लिगको आयोजना गर्ने घोषणा गरेको हो।
टी-१० लिगको सफलतापछि यूएई क्रिकेट बोर्डले टी-२० लिगको पनि आयोजना गर्न लागेको हो।
लिग २०२२ को जनवरी–फेब्रुअरीमा हुनेछ। बोर्डका अनुसरा पहिलो सिजनको लिगमा ६ टिमले भाग लिनेछन्। यो लिगमा खेल्ने दुई टोली आईपीएलका हुने क्रिकबजले जनाएको छ।
यूएई लिगमा कोलकाता नाइट राइडर्स (केकेआर) र दिल्ली क्यापिटल्सका मालिकको एकएक टिम रहने बताइएको छ।
यो लिगमा बढीभन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेटरलाई सेमेटिने छ। यो सँगै लिगमा नेपाली क्रिकेटरलाई पनि अवसर मिल्ने सम्भावना छ। एसोसिएट राष्ट्रतर्फ टी–२० वरियतामा नेपाल शीर्ष स्थानमा रहेकोले नेपालका लागि धेरै सम्भावना रहेको छ।
पछिल्लो समय एकपछि अर्को नेपाली खेलाडी विदेशी लिग खेलिरहेका छन्। जसकारण पनि यूएईको टी–२० लिगमा पनि नेपाली क्रिकेटरले मौका पाउन सक्छन् ।
यूएईमा नेपाली खेलाडीले धेरै पटक म्याच खेलिसकेका छन् ।