नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको स्ट्रेन्थ र कन्डिसन प्रशिक्षकमा भारतका राकेशकुमार काशीभाई गोहिललाई नियुक्त गरेको छ।
गोहिललाई ३८ जना प्रतिस्पर्धीबाट छनोट गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। खेलाडीको फिटनेश सुधारमा गोहिलको मुख्य भूमिका रहने क्यानले जनाएको छ ।
गोहिलले अष्ट्रेलियाको स्ट्रेन्थ तथा कन्डिसनिङ एसोसिएसनबाट लेभल टु पास गरेका छन्। उनीसँग भारतको नेसनल एकेडेमी र रणजी ट्रफ्री खेल्ने टोलीसँग काम गरेको अनुभव रहेको क्यानले जनाएको छ।
आगामी महिना ओमानमा आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका हुँदैछ । सोही प्रतियोगिताका लागि १९ सदस्यीय नेपाली क्रिकेट टोलीले बन्द प्रशिक्षण थालिसकेका छन्।
घोषित नेपाली टिममा घरेलु एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गरेका पवन सर्राफ, बिक्रम सोब र शाहब आलमले स्थान बनाएका छन्। यस्तै नेदरल्याण्ड र मलेसिया बिरुद्ध घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टि-२० सिरिजमा उत्कृस्ट प्रदर्शन गरेका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख पनि टोलिमा रहेका छन्।
घोषित टिम : ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी , करन केसी, सन्दिप लामिछाने, सोमपाल कामि, कमल सिंह ऐरी, अविनाश बोहरा, शाहब आलम, सुशन भारि, शरद भेसावकर , विक्रम सोब, पवन सर्राफ, रोहित पौडेल, गुलशन झा
त्रिकोणात्मक सिरिजको अधिकारिक मिति हालसम्म क्यान र आईसीसीले घोषणा गरेको छैन। सिरिजको लागि नेपालले बन्द प्रशिक्षक बिहिबार देखि सुरु गर्ने बताएको छ।