बंगलादेशले अष्ट्रेलियाविरूद्धको पाँच खेलको टी-ट्वान्टी सिरिज ४-१ ले जितेको छ।
ढाकामा सोमबार भएको अन्तिम तथा पाँचौ खेलमा अष्ट्रेलियालाई ६० रनले हराउँदै घरेलु टोलीले सानदार नतिजा निकालेको हो।
शेर बंगला नेसनल स्टेडियममा बंगलादेशले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको पाहुना टोली अष्ट्रेलिया ६२ रनमा अलआउट भयो।
अष्ट्रेलियालाई सस्तैमा रोक्न बंगलादेशका शकिब अल हसनले ४ विकेट लिए। यस्ते मोहमद सैफुदीनले ३ तथा नासुन अहमेदले २ विकेट लिएका थिए।
१३ ओभर ४ बलमा अलआउट भएको अष्ट्रेलियाका लागि कप्तान म्याथ्यु वेडले सर्वाधिक २२ रन जोडे । यस्तै बेन म्याकडेरमोटले १७ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
यस अघि पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो।
उसका लागि मोहमद नाइमले २३ रन जोड्दा कप्तान महमुद उल्लाहले १९ रन बनाए । सौम्य सरकारले १६ रन बनाए भने महेदी हसनले १३ रन जोडे । शकिब अल हसनले ११ रन बनाएका थिए।
अष्ट्रेलियाका लागि डान क्रिस्टियन र नाथन एलिसले समान २/२ विकेट लिए।
यसअघि लगातार तेस्रो खेल जित्दै बंगलादेशले सिरिज आफ्नो नाममा पारेको थियो। चौथो खेलमा पराजय व्यहोरेको बंगलादेशले अन्तिम खेलमा सानदार जित निकालेको हो।