पाकिस्तान र वेस्टइन्डिजबीच जारी टेस्ट श्रृंखलामा वेष्टइण्डिजले १-० को अग्रता लिएको छ।
रोमान्चक खेलमा पाकिस्तानलाई १ रनले पराजित गर्दै घरेलु टोलि वेस्टइन्डिजले पाकिस्तान बिरुद्ध दुई टेस्टको सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ।
जमैकास्थित सबिना पार्क मैदानमा सम्पन्न खेलमा पाकिस्तानले दिएको १६८ रनको लक्ष्य वेस्टइन्डिजले ९ विकेट क्षतिमा ५६.५ ओभरमा भेटायो।
पहिलो इनिङमै वेस्ट इन्डिजले २५३ रन बनाएपछि पाकिस्तान ३६ रनले पछि परेको थियो। दोस्रो इनिङमा उस्तै प्रदर्शन गरेको पाकिस्तानले २०३ रन बनाएपछि वेस्ट इन्डिजले १६८ रनको लक्ष्य पाएको थियो।
लक्ष्य पछ्याउने क्रममा रोस्टन चेज र जर्माइन ब्ल्याकवुडले ६८ रनको साझेदारी गरेका थिए। २२ रन बनाएर चेज आउट भए भने ब्ल्याकवुडले ५५ रनको पारी खेले।
आठौं विकेटको लागि जोशुवा डी सिल्भा र केमार रोचले २८ रनको साझेदारी गरेका थिए। डी सिल्भाले १३ रन बनाउँदा रोचले अविजित ३० रन बनाए भने सेल्सले १३ बलमा अविजित २ रन बनाएर टिमलाई रोमाञ्चक जित दिलाए।
पाकिस्तानका लागि शाहिन अफ्रिदीले ४, हसन अलिले ३ तथा फहीम अश्रफले २ विकेट लिए।
यो जितसँगै वेस्टइन्डिजले टेस्टमा १–० को अग्रता बनाएको छ।
टेस्टको पहिलो इनिंग्समा पाकिस्तानले २१७ रन बनाएको थियो भने वेस्टइन्डिजले २५३ रन बनाएको थियो। दोस्रो इनिंग्समा पाकिस्तानले २०३ रन बनाएको थियो।
जेडन सिल्स खेलको प्लेयर अफ द म्याच भए। उनले पहिलो इनिंग्समा ३ र दोस्रो इनिंग्समा ५ गरि कुल ८ विकेट लिएका थिए।
सिरिज अन्तर्गत दोस्रो खेल अगस्ट २० तारिखदेखि जमैकामा सुरु हुनेछ।