मलेसियामा आगामी नोभेम्बर २३ देखि २८ तारिख (मंसिर ७ देखि १२) सम्म आयोजना हुने महिला टि-२० विश्वकप एसिया छनोट प्रतियोगिताको बन्द प्रशिक्षणका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २४ सदस्यीय प्रारम्भीक नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ।
सन् २०२३ मा दक्षिण अफ्रीकामा आयोजना हुने महिला टि-ट्वान्टी विश्वकपका लागि एसिया छनोटमा आयोजक मलेसियासहित भुटान, चीन, हङकङ, कुवेत, म्यानमार, युएई र नेपाल गरि कुल ८ टोलि सहभागी हुनेछन्।
प्रतियोगिताको विजेताले सन् २०२२ मा आयोजना हुने ग्लोबल छनोट खेल्न पाउनेछ।
घोषित २४ सदस्यीय नेपाली टोली :
रूबिना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, संगीता राई, सरस्वति चौधरी, अनुराधा चौधरी, सुमन खतिवडा, सरस्वति गाहा मगर, कन्चन श्रेष्ठ, रेवती धामी, लक्ष्मी साउद, कविता जोशी, कविता कुवर, डली भट्ट, बिन्दु रावल, ममता चौधरी, सिता राना मगर, ज्योती पाण्डे, बिनु बुढामगर, करुणा भण्डारी, सरिता मगर
नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले अन्तिम पटक अन्तर्राष्ट्रिय प्रतियोगिता सन् २०१९ मा नेपालको पोखरामा आयोजित दक्षिण एसियाली खेलकुद (साग) महिला क्रिकेटमा सहभागिता जनाएको थियो जसमा नेपालले तेस्रो भएको थियो।