इंग्ल्यान्ड भ्रमणमा रहेको भारतले तेस्रो टेस्टको पहिलो इनिंग्समा खराब ब्याटिङ गरेको छ।
हेडिङ्लेमा बुधबार सुरू भएको तेस्रो टेस्टको पहिलो इनिंग्समा टस जितेर पहिले ब्याटिङ गरेको भारत ४०.४ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटियो।
भारतका लागि रोहित शर्माले सर्वाधिक १९ रन बनाए। १०५ बल खेलेका उनले १ चौका प्रहार गरेका थिए। यस्तै अजिन्का रहाणेले १८ रन बनाउँदा बाँकी कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।
भारतीय पारी सस्तैमा रोक्नजे म्स एण्डरसन र क्रेग ओभरटनले समान ३-३ तथा ओली रोबिन्सन र स्याम करनले समान २-२ विकेट लिए।
एण्डरसनले इनिंग्सको पहिलो ओभरमा खाता नखोल्दै केएल राहुललाई, पाँचौ ओभरमा १ रन बनाएका चेतेश्वर पुजारा र ११ औं ओभरमा ७ रन बनाएका कप्तान बिराट कोहलीलाई पेभेलियन फर्काए।
त्यसपछि रोहित शर्माले अजिंके रहानेले २५ रनको साझेदारी गरे। तर १८ रन बनाएका रहानेलाई ओली रोबिन्सले बटलरबाट क्याच आउट गराएर साझेदारी तोडेलगत्तै २ रन मात्र बनाएर रिशभ पन्त पनि बटलरबाट समातिए।
१०५ बलमा १९ रन बनाएका रोहित शर्मालाई क्रेग ओभरटनले क्याच आउट गराउद इंग्ल्यान्डलाई पूर्णत हावी गराए।
रभीन्द्र जडेजा पनि मात्र ४ रन बनाएर स्याम करनबाट एलबिडब्लु भए। फलस्वरुप ५६ रनमा ३ विकेट गुमाएको भारतले योगफलमा थप २२ रन जोड्दा सम्पूर्ण विकेट गुमायो।
सिरिज अन्तर्गत पहिलो टेस्ट वर्षाले प्रभावित हुँदा बराबरीमा टुंगिएको थियो भने दोस्रो टेस्ट भारतले १५१ रनले जितेको थियो।