मलेसियन राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान विरनदीप सिंहले एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताको टिम चितवन टाइगर्सबाट खेल्ने भएका छन्।
उनले चितवनसँग सम्झौता गरेको मलेसियन क्रिकेट संघले जनाएको छ।
विदेशी फ्रेन्चाइज लिगमा खेल्ने पहिलो मलेसियन खेलाडी भएको बताउँदै उनलाई मलेसियाका क्रिकेटरहरूले बधाइ दिएका छन्।
यसअघि गत वैशाखमा नेपाल र नेदरल्यान्डविरुद्धको टी-२० त्रिकोणात्मक सिरिज खेल्न उनी नेपाल आएका थिए। त्यतिबेला उनले उनले उत्कृष्ट ब्याटिङ गरेका थिए।
चौंथो संस्करणको इपिएल क्रिकेट आगामी असोज ९ देखि असोज २३ गतेसम्म सञ्चालन हुने तय छ।
प्रतियोगितामा विभिन्न ६ शहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन्।
जसमा साविक विजेता ललितपुरसँगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन्।