तेस्रो टेस्टमा इंग्ल्यान्डले भारतलाई इनिङ्ग्स र ७६ रनले पराजित गरेको छ।
पहिलो इनिङ्ग्समा भारत ७८ रनमा अलआउट भएको थियो। जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले ४३२ रन जोड्यो।
पहिलो इनिङ्ग्समा भारतका दुई खेलाडी बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्। रोहित शर्माले १९ रन र अजिन्का राहाणेले १८ रन जोड्न सकेका थिए।
बलिङमा इंग्ल्यान्डका जेम्स एन्डर्सन र क्राइग ओभर्टन ३-३ विकेट लिए। साम कुरान र ओली रोबिन्सनले २-२ विकेट हात पारे।
पहिलो इनिङ्ग्समा इंग्ल्यान्डका जोए रुटले १२१ रन जोडे भने डविड मलानले ७० रन जोडे।
बलिङमा भातरका मोहमद सामीले ४ विकेट लिए।
पहिलो इनिङ्ग्समा फराकिलो अन्तरले पछि परेको भारत दोस्रो इनिङ्ग्समा २७८ रनमा अलआउट भयो।
भारतका लागि चेतेश्वर पुजाराले ९१ रन जोडे। बलिङमा इंग्ल्यान्डका ओली रोबिन्सनले ५ विकेट लिए।
जितसँगै पाँच खेलको सिरिजमा १-१ को बराबरी भएको छ।