भुटानका रन्जुङ मिक्यो दोर्जीले एभरेस्ट प्रिमियर लिग (इपिएल) टिम ललितपुर प्याट्रिओट्सबाट खेल्ने भएका छन्।
साविक विजेता ललितपुरले उनीसँग सम्झौता भएको जानकारी दिएको छ।
भुटानका ‘राइजिङ स्टार’ दोर्जीको ब्याटिङ प्राविधिक भएको ललितपुरको भनाइ छ।
साविक विजेता ललितपुरमा आबद्ध हुँदा आफू उत्साहित भएको बताउँदै उनले आफूलाई अवसर दिएकोमा धन्यवाद दिएका छन्।
चौंथो संस्करणको इपिएल क्रिकेट आगामी असोज ९ देखि असोज २३ गतेसम्म सञ्चालन हुने तय छ।
प्रतियोगितामा विभिन्न ६ शहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन्।
जसमा साविक विजेता ललितपुरसँगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्स रहेका छन्।