बंगलादेश भ्रमणमा रहेको न्युजिल्यान्ड पाँच खेलको टि-ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा लज्जास्पद ब्याटिङ प्रदर्शन गरेको छ।
शेरे बांग्ला स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरको खेलमा १६.५ ओभरमै सबै विकेट गुमाएर ६० रन मात्र बनाउन सक्यो।
यसअघि टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०१४ मा न्युजिल्यान्ड श्रीलंकासँग पनि समान ६० रनमै समेटिएको थियो।
९ रनमै सुरूआती ४ विकेट गुमाएको न्यूजिल्याण्डका कुनै पनि खेलाडीले खुलेर खेल्न सकेनन्। पाँचौ विकेटको लागि कप्तान टम लाथम र हेनरी निकोलसले ३४ रनको साझेदारी गरे पनि टोलीको स्कोर सुधार गर्न सकेनन्।
१८ रन बनाएका लाथम आउट भएपछि निकोलस पनि १८ रन बनाएर आउट भए। ४३/४ को अवस्थाबाट थप १७ रन जोड्दा न्युजिल्यान्डले सम्पूर्ण विकेट गुमाउन पुग्यो। निलोलस र लाथम बाहेक अन्य न्युजिल्यान्ड ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बंगलादेशको बलिंगमा मुस्तफिजुर रहमानले सर्वाधिक ३ विकेट लिए भने नसम एहमद, शाकिब अल हसन र मोहम्मद सैफुद्दीनले समान २-२ विकेट लिए। मेहदी हसनले १ विकेट हात पारे।