चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिता आगामी असोज ९ देखि २३ गतेसम्म संचालन हुँदैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगितामा विभिन्न छ शहरका फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमा साविक विजेता ललितपुर प्याट्रिओट्ससँगै काठमाडौँ किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताका लागि चितवनको टिम पूरा भएको छ।
अफगानिस्तानका अन्तर्राष्ट्रिय खेलाडी करिम जन्नत इपिएलका लागि चितवनका पाँचौँ विदेशी खेलाडी हुनेछन्।
२३ वर्षीय जन्नतको टि–२० मा राम्रो स्किल रहेको छ र उनी मध्यपंक्तीका उपयोगी व्याट्सम्यान पनि हुन्।
चितवनको टिम
सोमपाल कामी (कप्तान), कमल सिंह ऐरी, शाहब आलम, इशान पाण्डे, ललित सिंह भण्डारी, दीलिप नाथ, सागर ढकाल, राजेश पुलामी मगर, हासिम अन्सारी, भीम सार्की, खडक बहादुर बोहरा, आदिल खान, सन्दीप सुनार, देवराज खनाल, गौतम केसी, शेकुगे प्रसन्न (श्रीलंका), मोहम्मद शाहजाद (अफगानिस्तान), करिम जन्नत (अफगानिस्तान), डानिस अजिज (पाकिस्तान) र वीरनदीप सिंह (मलेसिया)
चितवनको प्रशिक्षण टोली
दिल्लीका पूर्व क्रिकेटर पुरु सिंहलाई चितवन टाइगर्सको टिम व्यवस्थापक र सहायक प्रशिक्षकमा नियुक्त गरिएको छ।४० वर्षीय सिंह आइसीसी लेभल २ प्रशिक्षक हुन्। टाइगर्सको मुख्य प्रशिक्षकमा सामसन जंग थापा तथा टिम मेन्टर र सहायक प्रशिक्षकमा पुरनेन्दु घोष रहेका छन् । डा.प्रकाश पौडेल टिम डाक्टर र डा.सौगात श्रेष्ठ टाइगर्सको फिजियो हुन्।
प्रमुख प्रशिक्षकः सामसन जंग थापा
टिम व्यवस्थापक र सहायक प्रशिक्षकः पुरु सिंह
टिम मेन्टर र सहायक प्रशिक्षकः पुरनेन्दु घोष
टिम डाक्टरः डा.प्रकाश पौडेल
फिजियोथेरापिस्टः डा.सौगात श्रेष्ठ
टिम व्यवस्थापन
टिम प्रमुखः किशोर भट्टराई
अप्रेशन डाइरेक्टरः विनिता चौधरी भट्टराई
असिसटेन्ट मिडिया डाइरेक्टरः राजन शाह
पीआर एण्ड मार्केटिङ : अशुतोष घिरैया
प्रभु पे र सिल्क ग्रुपको साथ
प्रभु पे चितवनको प्रमुख प्रायोजकको रुपमा रहने छ। चितवन टाइगर्सका प्रमुख किशोर भट्टराई र प्रभु म्यानेजमेन्टका प्रमुख कुसुम लामाले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरे।
यता चितवन टाइगर्सको माउ संस्था आइडीएस ग्रुप र सिल्क ग्रुपले बुधबार संयुक्त रुपमा आइडीएस सिल्क स्पोर्टस प्राइभेट लिमिटेडको सुरुवात गरेको छ।
आइडीएसका प्रमुख किशोर भट्टराई, सिल्क ग्रुपका प्रमुख रमेश शेर्पा र प्रभु म्यानेजमेन्टका कुसुम लामाले आइडीएस सिल्क स्पोर्टस प्रालिको सुरुवातका लागि संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
एकेडेमी आइडीएस सिल्क ग्रुपको प्रमुख योजना हुनेछ। जसको उद्देश्य काठमाडौँ उपत्यका भित्र सुविधासम्पन्न एकेडेमी निर्माण गर्नु हुनेछ। एकेडेमीले युवा प्रतिभाको पहिचान गर्दै प्रमुख खेलाडी बनाउने प्रयास गर्नेछ।