घरेलु टिम इंग्ल्यान्डविरुद्धको चौथो टेस्टमा भारतले जित हात पारेको छ।
सोमबार ओभलमा सकिएको खेलमा भारतले १५७ रनको जित हात पारेको हो।
पहिलो इनिङ्ग्समा खराब ब्याटिङ गरेको भारतले दोस्रो इनिङ्ग्समा पुनरागमन गर्दा खेल आफ्नो पक्षमा पर्न सफल भएको हो। चौथो टेस्टमा जित हात पारेसँगै पाँच खेलको सिरिजमा भारतले २-१ को अग्रता लिएको छ।
पहिलो इनिङ्ग्समा भारत १९१ रनमै अलआउट भएको थियो। इंग्ल्यान्ड पनि पहिलो इनिङ्ग्समा २९१ रनमा अलआउट हुँदा ९९ रनको अग्रता लिएको थियो।
दोस्रो इनिङ्ग्समा भारतले ४६६ रन जोड्न सफल भयो। भारतका लागि रोहित शर्माले १२७ रन जोडे भने चेतेश्वर पुजाराले ६१ रन, रिशव पन्तले ५० रन र शार्दूल ठाकुरले ६० रनको योगदान दिए।
त्यसपछि ३६८ रनको लक्ष्य पाएको इंग्ल्यान्डले दोस्रो इनिङ्ग्समा २१० रनमा मात्र जोड्न सफल भयो। इंग्ल्यान्डका लागि ओपनरद्वय रोरी वर्नसले ५० रन र हासीब हमीदले ६३ रन जोड्न सके।
बलिङमा भारतका उमेश यादवले ३ विकेट लिए भने जसप्रित बुमराह, रवीन्द्र जडेजा र शार्दूल ठाकुरले २-२ विकेट लिए।
दोस्रो इनिङमा शतक प्रहार गरेका रोहित शर्मा प्लेयर अफ दि म्याच घोषित भए।