एकदिवसीय खेलमा डेब्यू गरेका नेपाली टिमका तीव्र गतिका बलर विक्रम शोवले आफ्नो पहिलो बलमै विकेट लिएका छन्।
पपुवा न्युगिनी (पिएनजी) विरुद्ध को खेलमा शोवले आफ्नो पहिलो स्पेलको पहिलो बलमै विकेट लिएका हुन्।
ओमानमा भइरहेको खेलमा शोवले दोस्रो ओभरको पहिलो बलमा पिएनजीका टोनी उरालाई बोल्ड गरेका हुन्। सो ओभरमा शोवले मेडन विकेट राख्न सफल भए।
खेलमा शोवसँगै ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पनि डेब्यू गरेका छन्।
ओमानको अमेरात मैदानमा सुरू भएको खेलमा टस हारेको नेपालले पहिले बलिङ गरिरहेको छ।
नेपाली टिम - ज्ञानेन्द्र मल्ल, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, रोहित पौडेल, सन्दीप लामिछाने, विक्रम शोव, कुशल मल्ल, शरद भेषवाकर, आरिफ शेख, पवन सर्राफ
उपकप्तान दीपेन्द्रसिंह ऐरी घाइेत भएका कारण टिममा छैनन्।
नेपालले आइसिसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजअघि पिएनजीसँग एकदिवसीय खेल खेल्न लागेको हो।
तीन दिनपछि नेपालले पिएनजीसँग दोस्रो एकदिवसीय खेल खेल्नेछ।
त्यसपछि नेपालले अमेरिका र घरेलु टिम ओमानविरुद्धको त्रिकोणात्मक सिरिज खेल्नेछ।