ओमानमा जारी पपुवा न्युगिनीसँगको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज मध्ये पहिलो खेलमा डेब्यू गरेका आशिफ शेखले ३० रन बनाएर आउट भएका छन्।
कुशल भुर्तेलसँग उत्कृष्ट साझेदारी गरेका शेख १३ औं ओभरको पाँचौ बलमा टोकाबाट क्यउच आउट भए।
यसअघि उनले ४६ बल खेल्दै ४ चौकासहित ३० रन जोडेका थिए।
अल अमीरात मैदान ओमानमा पिएनजीले दिएको १३५ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा नेपाली जवाफी ब्याटिङ सुरू गरेको हो। यो समाचार तयार पार्दासम्म नेपालले १५ ओभरको समाप्तिमा २ विकेट गुमाएर ५३ रन बनाएर खेलिरहेको छ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल ६ रनमा खेलिरहेका छन् भने उनलाई आरिफ शेखले साथ दिइरहेका छन्।
डेब्यू गरिरहेका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए। भुर्तेल १५ रन बनाएर आउट भएका थिए।