पपुवा न्युगिनी(पिएनजी) विरुद्धको एकदिवसीय खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ।
ओमानमा भइरहेको खेलमा पिएनजीले दिएको १३५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख तथा कप्तान ज्ञानेन्द्र आउट भएका छन्।
आसिफ ३० रन र कुशल १५ रन बनाएर आउट भए। आसिफले ४६ बलमा ४ चौका हिर्काउँदा कुशलले २८ बलमा २ चौका प्रहार गरे।
दुवैले एकदिवसीय खेलमा डेब्यू गरेका हुन्।
ज्ञानेन्द्रले २० बल खेल्दा ६ रन मात्र जोड्न सके।
अहिले आरिफ शेख र शरद भेषवाकर ब्याटिङ गरिरहेका छन्। नेपालले १८ ओभर चलिरहदा ३ विकेटको क्षतिमा ६१ रन जोडेको छ।
ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन बनाउन सक्यो।
ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन बनाउन सक्यो।
पिएनजीलाई सस्तैमा समेट्न नेपालका लेगस्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए।
पिएनजीलाई सस्तैमा समेट्न नेपालका लेगस्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए।