पपुवा न्युगिनी(पिएनजी) विरुद्धको एकदिवसीय खेलमा नेपालले खराब ब्याटिङ गरेको छ।
ओमानमा भइरहेको खेलमा पिएनजीले दिएको १३५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाइसकेको छ।
ओपनरद्वय आसिफ शेख ३० रन र कुशल भुर्तेल १५ रन बनाएर आउट भए। आसिफले ४६ बलमा ४ चौका हिर्काउँदा कुशलले २८ बलमा २ चौका प्रहार गरे। दुवैले एकदिवसीय खेलमा डेब्यू गरेका हुन्।
कप्तान ज्ञानेन्द्र मल्लले २० बल खेल्दा ६ रन मात्र जोड्न सके। यस्तै आरिफ शेख १९ बल खेलर ९ रन बनाएर आउट भए।
शरद भेषवाकारले २२ बलमा ६ रन मात्र जोड्न सके। कुशल मल्ल एक रनमा आउट हुँदा पवन सर्राफ डकआउट भए।
बलिङमा पिएनजीका डामियन राभू, गौडी टोका र चाड सोपरले २-२ विकेट लिएका छन्।
अहिले रोहित पौडेल र सोमपाल कामी ब्याटिङ गरिरहेका छन्। नेपालले २९ ओभर चलिरहदा ७ विकेटको क्षतिमा ८२ रन जोडेको छ।
ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन बनाउन सक्यो।
पिएनजीलाई सस्तैमा समेट्न नेपालका लेगस्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए।