भारत र इंग्ल्यान्डबीचको पाँचौ टेस्ट रद्द भएको छ।
शुक्रबार म्यानचेस्टरमा सुरू हुने तय भएको टेस्ट कोरोना भाइरसका कारण रद्द भएको हो।
केही दिनअघि भारतीय टिममा कोरोना भाइरस संक्रमित भेटिएका थिए। जसका कारणको अभ्यास समेत स्थगित भएको थियो।
इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसिबी) ले भारतीय क्याम्पमा कोडिभ संक्रमण दर बढ्ने डरका कारण खेल रद्द गर्नु परेको जनाएको छ।
यसअघि भारतका सहायक फिजियो योगेश पर्मारलाई बुधबार कोरोना पोजेटिभ देखिएको थियो।
पाँच टेस्टको सिरिजमा भारतले २-१ को अग्रता लिएको अवस्था छ।