पपुवा न्युगिनी (पिएनजी) विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ।
कप्तान ज्ञानेन्द्र मल्ल ४५ रन बनाएर आउट भएका छन्। एलबिडब्लूको धरापमा पर्नुअघि उनले ७० बलमा ३ चौका र २ छक्का हिर्काए।
उनले रोहित पौडेलसँग तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गरे।
ओमानमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका ओपनर आसिफ शेख ३ रनमा आउट भएका थिए भने अर्का ओपनर कुशल भुर्तेलले पनि ३ रन मात्र जोड्न सके।
अहिले नेपालका लागि रोहित पौडेल र विनोद भण्डारी ब्याटिङ गरिरहेका छन्।
नेपालले २५ ओभरको समाप्ती ३ विकेटको क्षतिमा १०४ रन जोडेको छ।
यसअघि नेपालले पिएनजीविरुद्धको पहिलो एकदिवसीय खेलमा २ विकेटको जित निकालेको थियो।
नेपालले आइसिसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजको तयारीका क्रममा पिएनजीसँग एकदिवसीय खेल खेलेको हो।
नेपालले अमेरिका र घरेलु टिम ओमानविरुद्धको त्रिकोणात्मक सिरिज खेल्दैछ। सिरिज भदौ २८ देखि सुरू भएर असोज ४ मा सकिनेछ।
सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ।
विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्। लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग दुई-दुईं खेल खेलिसकेको छ।