ओमानमा जारी पपुवा न्युगिनीविरूद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि रोहित पौडेलले अर्धशतक पूरा गरेका छन्।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरूआतबीच ब्याटिङ गर्न आएका पौडेलले ७९ बलमा २ छक्का र १ चौकासहित ५० रन पूरा गरेका हुन्।
यो पौडेलका लागि व्यक्तिगत दोस्रो अर्धशतक हो।
यसअघि सन् २०१९ मा युएईविरूद्ध उनले अर्धशतक बनाएका थिए। राष्ट्रिय टिमको लागि पहिलो अर्धशतक बनाएका उनले ५८ बलमा ७ चौका मद्दतले ५५ रन बनाएका थिए।
यसअघि पहिलो खेलमा पिएनजीविरूद्ध पौडेलले सोमपाल कामीसँग धैर्यतापूर्वक ब्याटिङ गर्दै नेपाललाई जितको दिशा दिएका थिए। दुवैले आठौं विकेटको लागि ५२ रनको महत्वपूर्ण साझेदारी गरे। जितको लागि १ रन मात्र आवश्यक हुँदा रोहित टोकाबाट बोल्ड भए। त्यस अघि उनले ६५ बलमा २ चौका मद्दतले ४१ रन बनाएका थिए।