आइसिसी एकदिवसीय वरीयतामा नेपालले सुधार गरेको छ। नेपालले नयाँ वरीयतामा एक स्थान सुधार गरेको हो।
ओमान भ्रमणमा रहेको नेपालले पिएनजीसँग दुई र अमेरिकासँगको एक खेलमा जित हात पारेपछि वरीयतामा पनि सुधार गरेको हो ।
यसअघि १६ औँ स्थानमा रहेको नेपाल एक स्थान माथि उक्लदै १५ औँ स्थानमा पुगेको छ। योसँगै नेपालले ओमानलाई पछि पारेको छ। १५ औं स्थानमा रहेको ओमान एक स्थान तल झर्दै १६ औं स्थानमा खस्किएको छ।
एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपालभन्दा अघि स्कटल्याण्ड १४औं स्थानमा रहँदा टेस्ट राष्ट्र जिम्बाम्बे र आयरल्याण्ड क्रमशः १३औं र १२ औं स्थानमा छन्। अर्को एसोसिएट राष्ट्र नेदरल्याण्ड्स ११ औँ स्थानमा छ।
तालिकाको शीर्ष स्थानमा न्यूजिल्याण्ड रहँदा १० औं स्थानमा अफगानिस्तान छ।
ओमान १६ औं, यूएई १७ औं, नामिबिया १८ औं, अमेरिका १९ औं तथा पपुवा न्यु गिनी २० औं स्थानमा छन् ।
टी-२० वरियतामा नेपाल १३ औँ स्थानमा छ।