भारतीय क्रिकेटर विराट कोहलीले टी-२० को कप्तानी छाड्ने भएका छन्।
आउँदो अक्टोबरमा दुबईमा हुन लागेको टी-२० विश्वकपपछि टी-२० को कप्तानी छाड्ने उनले घोषणा गरेका हुन्।
बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत् एक विज्ञप्ति जारी गर्दै उनले कप्तानी छाड्ने बताएका हुन्।
यसबारेमा उनले बिसिसिआईका सचिव र अध्यक्षसँग कुराकानी गरेको बताए। यसमा उनी ब्याट्सम्यानको रूपमा रहिरहने बताएका छन्।
टेष्ट र ओडिआईको नेतृत्व पूर्ण रूपमा सम्हाल्न उनले टि-२० को कप्तानी छाड्न लागेको बताए।