आइसिसी विश्वकप लिग-२ अन्तर्गत घरेलु टिम ओमानविरुद्धको खेलमा नेपालले पहिलो सफलता हात पारेको छ।
नेपालले ओमानका ओपनर जतिन्दर सिंहलाई १३ रनमा आउट गरेको छ। उनी करण केसीले आसिफ शेखले क्याच भएका छन्।
टस हारे पहिले ब्याटिङ गरेको ओमानले ३ ओभरमा १ विकेटको क्षतिमा १८ रन जोडेको छ।
ओमानमा भइरहेको सिरिजमा नेपालले यसअघि तीन खेल खेलिसकेको छ। तीन मध्ये नेपाल दुई खेलमा पराजित भइसकेको छ।
पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा ओमानसँग ५ विकेटले नै हारेको थियो। तेस्रो खेलमा नेपालले अमेरिकालाई ४ विकेटले नतिजा सुम्पियो।
लिग-२ मा नेपालले ओमानसँग खेलेका पछिल्ला तीन खेलमा पराजय भागेको छ।
पछिल्ला खेलमा ब्याटिङमा समस्या देखिएको नेपालले त्यसलाई सुधार गर्ने लक्ष्य लिएको छ।
लिग-२ को अंक तालिकामा नेपाल ७ खेलबाट ६ अंक जोड्दै छैटौं स्थानमा छ। नेपालले ७ मध्ये ४ खेलबाट हार र ३ खेलमा जित निकालेको छ।
यता ओमान १२ खेबलाट २० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको अमेरिकाको १५ खेलबाट १४ अंक छ।