आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपालले ओमानसँग ऐतिहासिक जित निकाल्यो।
लिग-२ मा यसअघि खेलेका तीनै खेल हारेको नेपालले घरेलु टिममाथि ७ विकेटको जित निकाल्दै राजीनामा दिइसकेका प्रशिक्षक डेभ ह्वाटमोरको सुखद विदाई गर्यो। सुखद् विदाईपछि प्रशिक्षक ह्वाटमोरले नेपाली खेलाडीका लागि अन्तर्राष्ट्रिय अनुभव दिलाउनका नेपाल क्रिकेट संघ (क्यान)ले पहल गर्नु पर्ने सुझाव दिएका छन्।
कप्तान ज्ञानेन्द्र मल्लसहित आसिफ शेख, कुशल भुर्तेल जस्ता युवा खेलाडीले सम्झन लायक प्रदर्शन गरे।
ओमानलाई एकदिवसीय खेलमा पहिलो पटक पराजित गर्ने क्रममा कप्तान ज्ञानेन्द्रले करियरको चौथो अर्धशतक पनि पूरा गरे। उनी चार अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान भए।
युवा खेलाडीको प्रदर्शनबाट पुस्ता हस्तान्तरण हुन लागेको हो भन्ने प्रश्नमा कप्तान ज्ञानेन्द्र मल्लले खुसी भएको प्रतिक्रिया दिए। पाएको सफलतालाई निरन्तरता दिनका लागि गृहकार्य जरुरी रहेको मल्लले बताए।
प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिएका प्रशिक्षक डेभ ह्वाटमोरले नेपाली टोलीले अन्तर्राष्ट्रिय अनुभव धेरै भन्दा धेरै पाएको खण्डमा राम्रो हुने बताए।
नेपाली क्रिकेटको भविष्य राम्रो रहेको बताउँदै उनले नेपाल क्रिकेट संघलाई धेरै भन्दा धेरै प्रतियोगिता आयोजना गर्न सुझाव दिए। स्तरमाथि उठ्नका लागि नेपालले बलियो टिमसँग खेल्न आवश्यक रहेको उनले बताए।
ओमान भ्रमणको क्रममा नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो भने ओमानसँग पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो।
अमेरिकासँग दोस्रो खेलमा भने नेपाल ६ विकेटले पराजित हुन पुगेको थियो।
लिग–२ मा नेपाल तालिकाको चौंथो स्थानमा उक्लिएको छ। नेपालले ८ खेलबाट ८ अंक नै जोडेको छर
शीर्ष स्थानमा १३ खेलबाट २० अंक जोडेको ओमान रहेको छ। दोस्रो स्थानमा १५ खेल खेलेर १४ अंक जोडेको अमेरिकाका छ भने तेस्रो स्थानमा ८ खेलबाट ९ अंक बनाएको स्कटल्यान्ड छ। नामिबिया, संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्युगिनी (पिएनजी) क्रमश पाँचौ, छैठौं र सातौ स्थानमा रहेका छन्।