आइपिएल क्रिकेटमा कोलकता नाइटराइडर्सले सानदार जित हात पारेको छ।
सोमबार राति भएको खेलमा कोलकताले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ९ विकेटले पराजित गरेको हो।
बेंग्लोरले दिएको ९३ रनको लक्ष्य कोलकताले १० ओभरमै १ विकेटको क्षतिमा पूरा गर्यो।
कोलकताका लागि शुभमान गिलले ३४ बलमा ४८ रन जोडे। यस्तै वेंकटेशन अय्यरले नटआउट ४१ रन जोडे।
त्यसअघि पहिले ब्याटिङ गरेको बेंग्लोर १९ ओभरमा ९२ रनमै अलआउट भएको थियो।
उसका लागि देवदुत पाडिकलले सबैभन्दा बढि २२ रन जोडे।
बेंग्लोरको इनिङ ध्वस्त पार्न कोलकताका वरुण चक्रवर्ति र आन्द्रे रसेशले ३-३ विकेट लिए। लकी फर्ग्युसनले २ विकेट हात पारे।
जितसँगै कोलकता अंक तालिकाको पाँचौ स्थानमा पुगेको छ। उसले ८ खेलबाट ६ अंक जोडेको छ। बेंग्लोर १० अंक जोड्दै तेस्रो स्थानमा छ।