आइपिएलमा राजस्थान रोयल्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ।
मंगलबार राति भएको खेलमा राजस्थानले पञ्जावलाई २ रनले पराजित गरेको हो।
राजस्थानले दिएको १८६ रनको लक्ष्य पछ्याएको पञ्जावले ४ विकेटको क्षतिमा १८३ रन मात्र जोड्न सक्यो।
अन्तिम ओभरमा पञ्जावलाई खेल्न जित्न ४ रन चाहिएको थियो। जसमा राजस्थानका कार्तिक त्यागीले १ रन दिँदा २ विकेट लिए।
उनले अन्तिम ओभरको तेस्रो बलमा पञ्जावका पूरनलाई आउट गर्दा पाँचौ बलमा दीपक हुडालाई पेभिलियनको बाटो देखाए। त्यतिबेलासम्म उनले एक रन मात्र खर्चिएका थिए। अन्तिम बलमा कुनै रन नदिएपछि खेल राजस्थानको पक्षमा गयो।
त्यसअघि पञ्जावका लागि केएल राहुलले ४९ रन र मंयक अग्रवालले ६७ रन जोडे।
बलिङमा राजस्थानका त्यागीले २ विकेट लिँदै प्लेयर अफ दि म्याचको ट्रफी पाए।
पहिले ब्याटिङ गरेको राजस्थान २० ओभरमा १८५ रनमा अलआउट भएको थियो।
राजस्थानका लागि यशस्वी जैसवालले ४९ रन, इभिन लेविसले ३६ रन र महिपाल लोमरोर ४३ रन बटुलेका थिए।
जितसँगै पाँचौ स्थानको राजस्थानको ८ खेलबाट ८ अंक भएको छ।