आइपिएल टिम सनराइजर्स हैदरावादका बलर टी नटराजनलाई कोरोना भाइरसको संक्रमण भएको छ।
उनको दुबईमा गरिएको पिसिआर टेस्ट पोजेटिभ देखिएको आइपिएलले जनाएको छ।
कोरोना पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन्। उनीसँग सम्पर्कमा आएका अन्य ६ जनालाई पनि आइसोलेसनमा राखिएको छ।
६ मध्ये दुई जना खेलाडी छन्। जसमा अलराउन्डर विजय शंकर र नेटबलर पेरियास्वामी छन्। अन्य चार जना सपोर्ट स्टाफ रहेका छन्।
नटराजनलाई कोरोनाको कुनै लक्षण भने देखिएको छैन।
आइपिएलमा बुधबार साँझ हैदरावाद र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ। कोरोनाले यो खेल नरोकिने आइपिएलले जनाएको छ।