नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकटकिपर ब्याट्समेन विनोद भण्डारी र खेल पत्रकार सोनिका अर्यालले इन्गेजमेन्ट गरेका छन्।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका विनोद र सोनिकाले बुधबार टिकाटालो गरेका हुन्। कार्यक्रममा विनोद र सोनिकाका परिवार तथा नजिकका आफन्तकोमात्र उपस्थिति थियो।
महेन्द्रनगरका ३२ वर्षे विनोद ओमानमा यसै साता सम्पन्न आइसिसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गत त्रिदेशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेलेर मंगलबार मात्र नेपाल फर्किएका हुन् ।
त्रिभुवन आर्मी क्लबको क्रिकेट टोलीको कप्तान समेत रहेका राष्ट्रिय टोलीका नियमित सदस्य विनोद शनिबारबाट टियू मैदानमा सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) पोखरा राइनोजबाट खेल्दैछन्।
खेल पत्रकार सोनिका ग्लालेक्सी फोरकेसँग आवद्ध छन्।
उनीहरूले चाडै विवाह गर्ने तयारी गरे पनि विवाहको मितिबारे केही बताएका छैनन्।