राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले शनिबारदेखि हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) नखेल्ने भएका छन्।
ज्ञानेन्द्र आबद्ध ललितपुर प्याट्रिओट्सले ज्ञानेन्द्रले इपिएल नखेल्ने जानकारी दिएको हो। ललितपुरको कप्तानसमेत रहेका ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै इपिएल नखेल्ने भन्दै इमेल लेखेका छन्।
‘ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले व्यक्तिगत कारण यस संस्करणकाे इपिएल नखेल्ने निर्णय गरेका छन्, याे निकै निराशाजनक हाे,’ विज्ञप्तिमा भनिएकाे छ।
अघिल्लो सिजन ज्ञानेन्द्रको कप्तानीमा ललितपुरले उपाधि जितेको थियो। शनिबार हुने यो संस्करणको उद्घाटन खेलमा ललितपुरले काठमाडौं किंग्स ११ सँग खेल्दैछ।
यसअघि राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र नेपाली टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले समेत इपिएल नखेल्ने जानकारी गराइसकेका छन्।
पारस विराटनगर वारिवर्समा आबद्ध थिए। पारस विराटनगरका कप्तान समेत रहेका थिए । उनको कप्तानीमा विराटनगरले दोस्रो संस्करणको उपाधि जितेको थियो ।
पारसले दुई महिना अघि अन्तराष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए ।
यस्तै नेपाली टिमका उपकप्तान दीपेन्द्रले भने चोटको कारण नखेल्ने भएका हुन्। दीपेन्द्र काठमाडौं किङ्स-११ मा आबद्ध थिए।
त्यस्तै हाल अमेरिकामा रहेका बलर बसन्त रेग्मीले समेत इपिएल खेल्ने छैनन।