नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल एभरेस्ट प्रिमियर लिग (इपिएल) टिम ललितपुर प्याट्रिओट्सको कप्तान नियुक्त भएका छन्।
ललितपुरले कुशललाई कप्तानको जिम्मेवारी दिइएको जनाएको छ।
यसअघि कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लले इपिएल नखेल्ने बताएका थिए। ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै इपिएल नखेल्ने बताएका थिए।
युवा ब्याट्सम्यान कुशलले पहिलो सिजनको इपिएलदेखि नै ललितपुरमा आबद्ध छन्।
अघिल्लो सिजन ज्ञानेन्द्रको कप्तानीमा ललितपुरले उपाधि जितेको थियो। शनिबार हुने यो संस्करणको उद्घाटन खेलमा ललितपुरले काठमाडौं किंग्स ११ सँग खेल्दैछ।
यो संस्करणको इपिएलमा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र नेपाली टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले सहभागिता जनाउने छैनन्।
पारस विराटनगर वारिवर्समा आबद्ध थिए। पारस विराटनगरका कप्तान समेत रहेका थिए । उनको कप्तानीमा विराटनगरले दोस्रो संस्करणको उपाधि जितेको थियो ।
पारसले दुई महिना अघि अन्तराष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए ।
उपकप्तान दीपेन्द्रले भने चोटको कारण नखेल्ने भएका हुन्। दीपेन्द्र काठमाडौं किङ्स-११ मा आबद्ध थिए।