एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिता शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुँदैछ।
प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ। यसपटकको इपिएलमा २४ जना विदेशी खेलाडी खेल्दैछन्।
प्रत्येक टिममा ४-४ जना गरी ६ टिमका २४ विदेशी खेलाडी प्रतिस्पर्धामा उत्रन लागेका छन्।
ती २४ खेलाडी विभिन्न ११ देशका छन्। श्रीलंकाबाट सबैभन्दा बढी ८ खेलाडीले इपिएल खेल्दैछन्।
यस्तै टेस्ट टिमको कप्तान भइसकेका चार खेलाडी पनि इपिएलमा छन्।
हाल बंगलादेशको एकदिवसीय टिमका कप्तान तमिम एकबालसहित पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी, जिम्बावेका टी-२० टिमको कप्तानी गरिसकेका सिकन्दर राजा र श्रीलंकाका पूर्वकप्तान उपुल थारांगा यसपटकको इपिएलमा मैदान उत्रनेछन्।
शनिबार हुने उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स ११ भिड्दैछन्।
इपिएलमा आबद्ध विदेशी खेलाडी र टिमका कप्तान
भैरहवा ग्लाडिएटर्स : तमिम एकबाल (बंगालदेश), उपुल थारांगा (श्रीलंका), धम्मीका प्रसाद (श्रीलंका), शर्भिन मुनिएन्डी (मलेसिया) कप्तान- शरद भेषवाकर
चितवन टाइगर्स : मोहमद शाहजाद (अफगानिस्तान), करिम जनत (अफगानिस्तान), सिकुगे प्रशन्न (श्रीलंका), विरनदीप सिंह (मलेसिया) कप्तान – सोमपाल कामी
पोखरा राइनोज : साहन अरचिगे (श्रीलंका), रिचार्ड लेभी (दक्षिण अफ्रिका), असेला गुणरत्ने (श्रीलंका), केसरिक विलियम्स (वेस्ट इन्डिज) कप्तान – विनोद भण्डारी
विराटनगर वारियर्स : रायन पठान (क्यानडा), चन्द्रपाउल हेमराज (वेस्ट इन्डिज), सिकन्दर राजा (जिम्बावे), दीलसान मुनावीरा (श्रीलंका) कप्तान – करण केसी
काठमाडौं किंग्स ११ : शाहिद अफ्रिदी (पाकिस्तान), जनक प्रसाद (सिंगापुर), रायन बर्ल (जिम्बावे), राहमानुल्लाह गुरबाज (अफगानिस्तान) कप्तान – सन्दीप लामिछाने
ललितपुर प्याट्रिओट्स : अजमातुत्लाह ओमार्जाइ (अफगानिस्तान), ओसाडा फर्नान्डो (श्रीलंका), सान्दुन वीराकोडी (श्रीलंका), मिक्यो दोर्जी (भुटान) कप्तान – कुशल भुर्तेल
तमिम एकबाल हाल बंगादेशका एकदिवसीय टिमका कप्तान हुन्।
उपुल थारांगा सन् २०१६ मा श्रीलंकाको एकदिवसीय टिमको कप्तान बनेका थिए। सन् २०१७ मा उनलाई टी-२० टिमको कप्तान बनाइएको थियो। टिम लगातार पराजित भएपछि उनले २०१७ मै कप्तानी छाडेका थिए।
सिकन्दर राजा पनि जिम्बावेका टी-२० टिमका पूर्व कप्तान हुन्।
शाहिद अफ्रिदीले पाकिस्तानको टी-२०, एकदिवसीय र टेस्ट गरी तीनै टिमको कप्तानी गरेका थिए।
कुन देशबाट कति खेलाडी?
बंगलादेश -१
श्रीलंका – ८
मलेसिया – २
जिम्बावे – २
वेस्ट इन्डिज – २
क्यानडा -१
अफगानिस्तान – ४
पाकिस्तान – १
सिंगापुर – १
भुटान – १
दक्षिण अफ्रिका – १