दिल्ली क्यापिटल्स आइपिएलको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार साँझ अबुधावीमा भएको खेलमा राजस्थान रोयल्सलाई ३३ रनले पराजित दिल्ली शीर्ष स्थानमा उक्लिएको हो।
पहिले ब्याटिङ गरेको दिल्लीले ६ विकेटको क्षतिमा १५४ रन जोड्यो।
दिल्लीका लागि श्रेयर एय्यरले ४३ रन जोडे। कप्तान रिशव पन्तले २४ रन, सिमरोन हेटमेयरले २८ रन र ललित यादवले नटआउट १४ रन जोडे।
बलिङमा राजस्थानका मुस्ताफिजुर रहमान र चेतन सकारियाले २-२ विकेट लिए।
१५५ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ विकेटको क्षतिमा १२१ रन मात्र जोड्न सक्यो।
राजस्थानका लागि कप्तान सन्जु सामसनले नटआउट ७० रन जोडे। उनले ५३ बलमा ८ चौका र १ छक्का हिर्काए। महिपाल लोमरोरले १९ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङमा दिल्लीका एनरिच नोकियाले २ विकेट लिए भने आभेस खान, रविचन्द्रन आस्विन, कागिसो राबाडा र अक्षर पटेलले एक एक विकेट लिए।
शीर्ष स्थानमा उक्लिएको दिल्लीले १० खेलबाट १६ अंक जोडेको छ। दोस्रो स्थानको चेन्नइको ९ खेलबाट १४ अंक छ।