पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदीले नेपाल र पाकिस्तानबीच क्रिकेट कुटनीतिलाई स्थापित गर्ने बताएका छन्।
काठमाडौंमा न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा अफ्रिदीले नेपाल र पाकिस्तानका जनतालाई जोड्न क्रिकेट कुटनीति आवश्यक रहेको बताए।
नेपाली क्रिकेटको भविष्य निकै राम्रो रहेको र सरकारले विशेष ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ।
कुनै समय पाकिस्तानको १९ वर्ष मुनिको टिमलाई नेपाली टिमले हराएको प्रसंग उल्लेख गर्दै अफ्रिदीले नेपाली क्रिकेट टिमलाई आफूले सक्दो सहयोग गर्ने बताए।
उनले आफूले नेपाली क्रिकेट टिमलाई पाकिस्तानमा बोलाएर क्रिकेट खेलाउन पहल गर्ने बताए।
अफ्रिदी एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिता खेल्न नेपाल आएका हुन्। उनी काठमाडौं किंग्स ११ मा आबद्ध छन्।
शनिबार भएको उद्घाटन खेलमा अफ्रिदीले काठमाडौंका लागि बलिङ गरेका थिए। त्रिवि मैदानमा चार ओभर बलिङ गरे पनि उनले विकेट लिन भने सकेनन्।
हेर्नुहोस् अन्तर्वार्ता :