चेन्नई सुपरकिंग्स आइपिएल अंक तालिकामा फेरि शीर्ष स्थानमा उक्लिएको छ।
आइतबार कोलकता नाइट राइडर्सलाई २ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो।
पहिले ब्याटिङ गरेको कोलकताले ६ विकेटको क्षतिमा १७१ रन जोड्यो।
उसका लागि राहुल त्रिपाठीले ४५ रन, दिनेश कार्तिकले २६ रन र नितिन रानाले नटआउट ३७ रन जोडे।
बलिङमा चेन्नईका जोश हजलउड र शार्दूल ठाकुरले २-२ विकेट लिए। १७२ रनको लक्ष्य चेन्नईले ८ विकेटको क्षतिमा पूरा गर्यो।
चेन्नईका लागि फाप डु प्लेसिसले ४३ रन, मोइन अलीले ३२ रन र रवीन्द्र जडेजाले २२ रन जोडे।
अन्तिम ओभरमा चार रन चाहिएको अवस्थामा चेन्नईले पहिलो बलमै साम कुरानलाई गुमायो।
तेस्रो बलमा ३ रन लिएपछि स्कोर बराबरी भएको थियो। चौथो बलमा रन नलिएका जडेजा पाँचौ बलमा भने आउट भए।
अन्तिम बलमा एक रन चाहिएको अवस्था दीपक चाहरले १ रन लिए। जितसँगै चेन्नईले १० खेलबाट १६ अंक जोडेको छ।
१६ नै अंक जोडेर दोस्रो स्थानमा रहेको दिल्ली क्यापिटल्स रनरेटमा पछि परेको छ।