आइपिएलमा मुम्बई इन्डियन्स विजयी भएको छ। मंगलबार राति सकिएको खेललमा मुम्बईले पञ्जाव किंग्सलाई ६ विकेटले हरायो।
पहिले ब्याटिङ गरेको पञ्जावले ६ विकेटको क्षतिमा १३५ रन जोड्यो। उसका लागि एडिन मक्रमले ४२ रन जोडे।
बलिङमा मुम्बईका जसप्रित बुमराह र केइरन पोलार्डले दुई दुई विकेट लिए।
१३६ रनको लक्ष्य मुम्बईले १९ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
उसका लागि शौरभ तिवारीले ४५ रन जोडे भने क्वान्टन डे ककले २७ रनको योगदान गरे।
हार्दिक पाण्ड्याले नटआउट ४० रन र पोलार्डले नटआउट १५ रन जोडे।
बलिङमा पञ्जावका रवी विस्नोइले २ विकेट लिए।
अंक तालिकामा मुम्बई ११ खेलबाट १० अंक जोडेर पाँचौ स्थानमा छ। पञ्जाव ८ अंकसहित छैटौं स्थानमा छ।