राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (ईपिएल) मा ललितपुर प्याट्रियट्सका कप्तान कुशल भुर्तेलसहित ११ खेलाडीलाई जरीवाना गरिएको छ।
एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत विराटनगरसँगको खेल निर्धारित समयमा नसकेको भन्दै ‘स्लो ओभर रेट’ को कारण देखाउँदै उनलाई जरीवाना गरिएको हो।
जरीवाना स्वरूप कुशललाई खेलको १० प्रतिशत म्याच फी जरीवाना लगाइएको छ। यसका साथै अरू १० खेलाडीको दुई प्रतिशत म्याच फी जरिवाना लागेको छ।
विराटनगरसँगको खेलमा दोस्रो पारीमा स्लो ओभर रेटमा बलिङ गरेको भन्दै सो जरीवाना लगाइएको हो ।
यसअघि हिजो (बिहीबार) भएको चितवन टाइगर्स र काठमाडौं किंग्सको खेलमा चितवनका कप्तान सोमपाल कामीलाई पनि २५ प्रतिशत जरीवाना लगाइएको थियो। साथै, काठमाडौं किंग्स-११ का कप्तान सन्दीप लामिछानेलाई पनि जरिवाना लागिसकेको छ ।