दिल्ली क्यापिटल्स आइपिएलको प्लेअफमा प्रवेश गरेको छ। शनिबार भएको खेलमा मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गर्दै दिल्ली अघिल्लो चरणमा पुगेको हो।
मुम्बईले दिएको १३० रनको लक्ष्य दिल्लीले ६ विकेटको क्षतिमा पाँच बल खेल्न बाँकी छदा पूरा गर्यो।
दिल्लीका लागि श्रेयस अय्यरले नटआउट ३३ रन र रविचन्द्रन आस्विनले नटआउट २० रन जोडे। त्यसअघि कप्तान रिशव पन्तले २६ रनको योगदान दिए।
दिल्लीका सुरुवाती तीन ब्याटसम्यान भने सस्तैमा आउट भए।
त्यसअघि मुम्बईले ८ विकेटको क्षतिमा १२९ रन मात्र जोड्न सक्यो। उसका लागि सूर्यकुमार यादवले सबैभन्दा बढी ३३ रन जोडे।
बलिङमा दिल्लीका आभेस खान र अक्षर पटेलले ३-३ विकेट लिए।
अंक तालिकाको दोस्रो स्थानमा रहेको दिल्लीले जितसँगै १२ खेलबाट १८ अंक जोडेको छ। शीर्ष स्थानको चेन्नईको ११ खेलबाट १८ अंक नै छ।
मुम्बई भने १२ खेलबाट १० अंक जोड्दै छैटौं स्थानमा छ।