टी-२० विश्वकपमा बंगलादेश र स्टकल्यान्ड विजयी भएका छन्। मंगलबार भएको खेलमा बंगलादेशले घरेलु टिम ओमानले २६ रनले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको बंगलादेश २० ओभरमा १५३ रन जोड्दा अलआउट भयो।
बंगलादेशका लागि मोहमद नाइमले ६४ रन जोडे भने सकिब अल हसनले ४२ रनको योगदान दिए।
बलिङमा ओमानका बिलाल खान र फयाज बटले ३-३ विकेट लिए।
१५४ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतिमा १२७ रन मात्र जोड्न सक्यो। उसका लागि जतिन्दर सिंहले ४० रन जोडे।
बलिङमा बंगलादेशका मुस्ताफिजुर रहमानले ४ विकेट लिए भने सकिबले ३ विकेट हात पारे।
यता स्कटल्यान्डले लगातार दोस्रो खेलमा जित निकाल्ने क्रममा पपुवा न्युगिनीलाई १७ रनले पराजित गर्यो।