आइसिसी टी-२० विश्वकपअन्तर्गत बंगलादेश सुपर १२ मा प्रवेश गरेको छ।
पहिलो चरणको आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनीलाई ८४ रनले पराजित गर्दै बंगलादेशले सुपर १२ मा स्थान पक्का गरेको हो।
अब समूह ‘बी’बाट ओमान र स्कटल्यान्ड मध्ये एक टिमले सुपर १२ मा स्थान बनाउने छ।
बिहीबार पहिले ब्याटिङ गरेको बंगलादेशले ७ विकेटको क्षतिमा १८१ रन जोड्यो।
बंगलादेशका लागि सकिब अल हसनले ४६ रन, कप्तान मोहमदुल्लाहले २८ बलमा ५० रन जोडे। यस्तै अफिफ होसिनले १४ बलमा २१ रन र मोहमद साइफुदिनले ६ बलमा नटआउट १९ रन जोडे।
बलिङमा पपुवा न्युगिनीका काबुआ मोरेआ, डोमिन राभु र असद भालाले २-२ विकेट लिए।
१८२ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी ३ बल खेल्न बाँकी छदा ९७ रनमा अलआउट भयो। उसका लागि किप्लिन डोरिगाले सबैभन्दा बढी ४६ रन जोडे।
बलिङमा बंगलादेशका सकिब अल हसनले ४ विकेट लिए।